जनता टाइम्स

१३ आश्विन २०७६, सोमबार १३:४९

एनआरएनएलाई सबैको साझा बनाउँछु


गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ। यो सम्मेलने आगामी दुई बर्षका लागि एनआरएनएमा नयाँ नेतृत्व चुन्ने छ। नेतृत्वका लागि उम्मेदवारी घोषणासँगै चुनावी सरगर्मी बढेको छ। संघको आगामी कार्यकाल २०१९–२०२१ का लागि संघका वर्तमान उपाध्यक्ष कुल आचार्यले आफ्ना १० बुँदे कार्ययोजनासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

गैरआवासीय नेपाली संघ बेलायतको उपाध्यक्ष, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजक हुँदै हाल उपाध्यक्ष रहेका आचार्यले गैर आवासीय नेपालीलाई नागरिकता, खाडी लगायतका मुलुकमा रहेका नेपालीहरुको जीवनरक्षा, सम्मानजनक रोजगारी र गैर आवासीय नेपालीमा रहेको सीप र पूंजी नेपालको विकासमा लगाउनुपर्ने लगायतका मुद्दाहरुलाई प्राथमिकताका साथ अघि सारेका छन् । पर्वतमा जन्मिएका आचार्य हाल बेलायतका प्रतिष्ठित व्यवसायी हुन्। उनी त्यहाँ होटल, रियल स्टेटलगायतका व्यवसायमा संलग्न छन्। आचार्य एनआरएनएलाई सबैको अपनत्व महशुस हुने खालको साझा संस्था बनाउनु पर्ने र विदेशमा रहेका नेपालीको पुँजी र सीप नेपालमा भित्र्याउनुपर्ने बताउँछन्। आगामी सम्मेलन तथा अन्य समसामयीक विषयमा आचार्यसँग जनताटाइम्सले गरेको कुराकानीको मुल अंश ।

तपाईंले लण्डनबाट एनआरएनएको केन्द्रीय अध्यक्षकालागि औपचारिक घोषणा गर्नुभयो। कस्तो प्रतिक्रिया पाउनुभयो ?

हो, गैर आवासीय नेपाली संघ (एनआरएन) को वर्तमान उपाध्यक्ष रहेको नाताले आगामी नेतृत्वका लागि मेरो उम्मेदवारी स्वाभाविक हो। संघको नवौं विश्व सम्मेलन अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ। मैले एक महिनाको अवधिमा विभिन्न मुलुकमा पुगेर त्यहाँ रहनुभएका गैरआवासीय नेपाली दाजुभाई दिदीबहिनीहरुको चाहना, अपेक्षा र सुझाव बुझ्ने काम गरें। उहाँहरुबाट तपाईं अघि बढनु पर्छ, अवको नेतृत्व लिनु पर्छ भन्ने सुझाव पाए पछि मैले गत २४ सेप्टेम्वरमा कर्मभूमि बेलायतबाट एनआरएनएको आगामी अध्यक्षकालागि उम्मेदवारी घोषणा गरेको हुँ।

झण्डै डेढ महिनाको अवधिमा मैले साइप्रस, माल्टा, संयुक्त राज्य अमेरिका, क्यानडा, आयरल्याण्ड, कतार, नेपाल, मलेसिया, जापान, पोर्तुगल, नेदरल्याण्डस लगायतका देशहरु भ्रमण गरें। औपचारिक उम्मेदवारी घोषणा पछि पनि मैले कुवेत, बहराइन लगायतका देशहरु भ्रमण गरें। संघको आसन्न विश्व सम्मेलनको सिलसिलामा साथीहरुको प्रतिक्रियाबाट म अत्यन्तै उत्साहीत भएको छु। मैले सम्भव भएसम्म धेरै साथीहरुसँग भेटेर कुराकानी गर्ने प्रयास गरिरहेको छु। एनआरएनएलाई अझै सशक्त र समावेशी बनाउने यो अभियानमा सवैको सहयोग रहने मैले विश्वास लिएको छु। संघलाई अरू सशक्त, र समावेशी बनाउन र संघलाई सबैको साझा संस्था बनाउन सकियोस् भन्ने उदेश्यले मैले अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ।

तपाईंको प्रतिवद्धतापत्र यस अघिका कामहरुकै निरन्तरता जस्तो देखिन्छ। नयाँ कुरा त केही देखिएन नि ?

मैले गत साता उम्मेद्वारी घोषणासंगै आफ्ना १० बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको छु। जसमा मैले गैर आवासीय नेपालीहरुसंग रहेको स्रोत, सीप, क्षमता र सम्पर्क र बौद्धिक तथा आर्थिक लगानी नेपाल भित्र्याउने, वैदेशिक रोजगारलाई मर्यादित तथा व्यवस्थित बनाउने, नेपालमा लगानी भित्र्याउने, व्रेन गेन सेन्टरलाई प्रभावकारी बनाउने, नेपालको पर्यटन प्रवर्द्धन, सडक सुरक्षा, युवा सशक्तीकरण र रोजगार, भिजन २०२० एण्ड वियोंड कार्यान्वयन गर्ने लगायतका कार्ययोजना सार्वजनिक गरेको छु।

विश्वको जुनसुकै कुनामा छरिएर रहनुभएका गैर आवासीय नेपाली संघलाई गैर आवासीय नेपाली दाजुभाई दिदिबहिनीहरुलाई अपनत्व महसुस हुनेगरि साझा संस्थाको विकास गर्ने र गैर आवासीय नेपालीको हकहितको रक्षा, समस्या समाधान र गैर आवासीय नेपालीले नेपाललाई अधिकतम सहयोग गर्नु मेरो मुख्य प्रतिवद्धता हो। यसका लागि प्रवासमा वस्ने हरेक नेपालीलाई समेटने गरी समावेशी संस्था बनाउने, संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकता विधेयकलाई हाम्रो चाहना अनुसार पारित गराउन ठोस भूमिका निर्वाह गर्ने, संसारभरि फैलिएका नेपालीहरुको सीप, क्षमता, आर्थिक तथा बौद्धिक लगानी भित्र्याउने, १० अर्वको गैर आवासीय नेपाली कोष खडा गरी आकर्षक आयोजनामा लगानी गर्ने वातावरण मिलाउने, मलेसिया, खाडी लगायतका मुलुकमा काम गरिरहेका नेपाली दाजुभाई दिदिबहिनीहरुको समस्या समाधान गर्न नेपाल सरकारसंग मिलेर ठोस पहल गर्ने, दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालसंग जोडन पहल गर्ने विषयहरु मेरो मुख्य प्राथमिकताका विषयहरु हुन्।

गैर अवासीय नेपाली संग जोडिने विषयहरु सवै एकै प्रकृतीका हुने भएकाले केही विषयहरु यस अघि पनि घोषणा भए होलान्। तर घोषणासँगै त्यसको कार्यान्वयनको पक्ष झनै महत्वपूर्ण हुन्छ। मैले नयाँ कुरा घोषणा भन्दा पनि गैर आवासीय नेपालीसंग सरोकार राख्ने र हितमा भएका सवै कुराहरुलाई जोड दिएको छु। मैले घोषणा मात्रै नभएर त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कार्यान्वयन पक्षमा पनि उत्तिकै जोड दिएको छु। मेरा एजेण्डा कसरी, कुन अवधी सम्म कार्यान्वयन गर्ने भन्ने स्पष्ट कार्ययोजना छन्। प्रतिवद्धतापत्रमा समेटिएका विषयहरु कार्यान्वयन गर्न सकियो भने गैर आवासीय नेपालीहरुसंग जोडिएका धेरै विषय समेटिन्छन्, धेरै काम हुन्छन्। यसर्थ मेरा प्रतिवद्धतापत्र नतिजामुखी र गैरआवासीय नेपालीहरु र नेपालको आवश्यकता र भावना समेटिएका छन्।

गैर आवासीय नेपाली नागरिकता सम्वन्धमा तपाईंको अडान के हो ?

हामीले गैर आवासीय नेपालीले नागरिकता पाउनु पर्छ भन्ने विषय पहिले देखि नै उठाउँदै आएका हौं। गैर आवासीय नेपालीलाई नागरिकता दिने कुरा संविधानमा पनि उल्लेख गरिएको छ। अहिले गैर आवासीय नेपालीलाई नागरिकता दिने विषय संसदमा विचाराधीन अवस्थामा छ। मैले नागरिकता निरन्तरताको मागलाई निरन्तरता दिँदै संसदीय प्रकृयामा रहेको विधेयकलाई नेपालको संविधान, गैर आवासीय नेपाली समुदायको भावना अनुरुप निष्कर्षमा पु-याउन निर्णायक पहल गर्ने कुरा प्रतिबद्धता पत्रमा उल्लेख गरिसकेको छु। जसअनुसार अहिले प्रस्तावित नागरिकता विधेयकमा गृह मन्त्रालयबाट नागरिकता दिने भनिएको छ हामीले कूटनीतिक नियोगहरु मार्फत पनि पाउनु पर्छ भनिरहेका छौं। त्यसैगरी गैर आवासीय नेपाली नागरिकता तीन पुस्तालाई मात्रै दिने भनिएको छ। हामीले त्यसलाई बढाउनु पर्छ भनिरहेका छौं। यसैगरी नेपाली भाषा बोल्न, लेख्न सक्नेलाई मात्र भनियो भने त्यो अप्ठ्यारो हुनसक्छ।

नेपालीपन, नेपालीत्व हुनुपर्छ भन्ने कुरामा दुई मत छैन। नेपाली पन, नेपालीत्व हुनुपर्छ भन्ने कुरामा दुई मत छैन तर पछिल्लो पुस्ताका गैर आवासीय नेपालीले यो गर्न कति सक्छन् भन्ने कुरा अहिले नै सोचिनु पर्छ भन्ने हाम्रो अडान हो। गैर आवासीय नेपाली नागरिकताको आधारमा छुट्टै पासपोर्ट उपलव्ध गराउनु पर्छ भनेर पनि हामीले माग गरेका छौं। नागरिकताको विषय संगै मैले अरु विषय पनि उठान गरेको छु जसमा गैर आवासीय नेपालीले नेपाली नागरिकको हैसियतको आफ्नो सम्पत्ति गैर अवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुनुपर्छ भन्ने छ । यसै गरी समान पेन्सनका साथै आफ्ना वयस्क छोराछोरीलाई बेलायत ल्याउन दिनुपर्ने भूतपूर्व गोर्खा सैनीकहरुको मागमा समर्थन गर्दै बेलायतमा बसोवास गरिरहेका गोर्खा सैनिकहरुको नेपाली नागरिकता कायमै रहने व्यवस्था हुनुपर्छ भन्ने हाम्रो अडान रहेको छ।

तपाईं लण्डनबाट कुवेत र बहराइन हुँदै काठमाडौं आइपुग्नु भयो। खाडी लगायतका मुलुकहरुमा काम गर्ने नेपाली काम गर्ने नेपालीहरुका लागि तपाईंको योजना के छ ?

वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न मुलुकमा पुगेका नेपाली दाजुभाई दिदीबहिनीहरुको सुरक्षित र मर्यादित रोजगारी र जीवन रक्षाका लागि ६ बुँदे कार्ययोजना मैले अघि सारेको छु। अहिलेको स्थिती हेर्ने हो भने बैदेशिक रोजगारीका लागि पुगेका लाखौं युवाहरुले रगत र पसिना बगाएर पठाएको विप्रेषणले अर्थतन्त्र थेगेको छ तर वैदेशिक रोजगार व्यवस्थित हुन नसक्दा परिवार, समाज र मुलुकले ठुलो मूल्य चुकाउन परेको अवस्था छ। अहिले हरेक दिन वैदेशिक रोजगारीमा गएका कम्तीमा दुई जना नेपालीहरुको शव विमानस्थलमा आउने गरेको छ। कतारमा मात्रै सन् २०२२ विश्वकप फुटवल प्रतियोगिताका लागि रंगशाला निर्माण गर्ने क्रममा १४ सय नेपालीहरुको ज्यान गइसकेको मानवअधिकारवादी संघसंस्था तथा सन्चारमाध्यमले उल्लेख गरेका छन्। यसर्थ सरकार, विदेशस्थित कूटनीतिक नियोगको समन्वयमा काम गर्ने गरी मैले आफ्ना प्रतिवद्धता अघि सारेको छु। अहिले वैदेशिक रोजगारीमा जाने झण्डै ७५ प्रतिशत अदक्ष कामदार रहेकाले व्यक्तिले मात्रै होइन मुलुकले पनि ठूलो नोक्सानी व्यहोर्नु परिरहेको छ।

त्यसकारण नेपालीहरु काम गर्ने मुलुकहरुमा रोजगारीको मागर नेपालीहरुसंग भएको सीपवीच तालमेल मिलाउन नेपाल सरकार, प्रदेश सरकार, निजी क्षेत्र र एनआरएनवीच सहकार्य गरि ‘एनआरएन सीप विकास केन्द्र’ स्थापना गर्ने कार्ययोजना अघि सारेको छु। त्यसैगरि वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने उदेश्यले संघले स्थापना गरेको आप्रवासी कामदार कल्याण कोषमा झण्डै अढाई करोड रुपैयाँ रकम छ। यसका लागि अभियान नै सन्चालन गरि कोषलाई दुई बर्षभित्र कम्तिमा पाँच करोड पु¥याउने र कार्यविधि पुनरावलोकन गरि कोष सन्चालन पारदर्शी बनाउने मेरो कार्ययोजना रहेको छ। वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका दाजुभाई दिदीबहिनीको समस्या बुझ्न एनआरएन हटलाइनको व्यवस्था गर्ने, रेमिटान्समा आधारित अर्थतन्त्रलाई उत्पादनशीलतामा आधारित अर्थतन्त्रमा परिणत गर्ने, रोजगार शिक्षा र सचेतना कार्यक्रम बढाउने लगायत रहेका छन्।

तपाईंले आफ्नो प्रतिवद्धतापत्रमा बौद्धिक र आर्थिक लगानी भित्र्याउने कुरा गर्नु भएको छ। त्यसका लागि तपाईको योजना के छ ?

हामी सिंगो नेपाल र नेपाली डायस्पोरा समृद्ध नेपाल अभियानका लागि कटिवद्ध छौं। नेपाल समृद्ध भए मात्रै नेपालीको इज्जत बढछ। त्यसैले आर्थिक मात्रै होइन संसारभर फैलिएका गैर आवासीय नेपालीहरुसंग रहेको श्रोत, सीप, पुँजी, दक्षता र सम्पर्क नेपालको सामाजिक तथा आर्थिक उन्नतिको लागि प्रयोग हुनुपर्छ भन्ने मेरो मान्यता हो। नेपालमा बौद्धिक तथा आर्थिक लगानी भित्र्याउन मैले ठोस कार्ययोजना ल्याएको छु। नेपालको विकासको लागि लगानी चाहिएको छ, सीप, ज्ञान आवश्यक छ त्यसलाई कसरी नेपालसँग जोडन सकिन्छ, नेपालमा लगानी भित्र्याउन सकिन्छ भन्ने हो। एक हिसावले भन्नुपर्दा गैर आवासीय नेपाली र नेपालकालागि समेत यो अवसर हो। विदेशीएको जनशक्ति र गैर आवासीय नेपालीले आर्जन गरेको पुँजीलाई नेपालमा लगानी गर्न सकियो भने यसले गैर आवासीय नेपालीलाई नेपालसंग जोडने मात्रै नभई नेपालको विकासको हिस्सेदार पनि बनाउँछ भने अर्कातर्फ यसले नेपालको विकासको लागि आवश्यक सीप र स्रोतको समेत परिपूर्ती हुन्छ। यसकारण संघले नेपालको विकासकालागि आर्थिक र वौद्धिक लगानी मार्फत योगदान गर्न सक्छ भन्ने मलाई लाग्छ।

नेपालीपन, नेपालीत्व हुनुपर्छ भन्ने कुरामा दुई मत छैन। नेपाली पन, नेपालीत्व हुनुपर्छ भन्ने कुरामा दुई मत छैन तर पछिल्लो पुस्ताका गैर आवासीय नेपालीले यो गर्न कति सक्छन् भन्ने कुरा अहिले नै सोचिनु पर्छ भन्ने हाम्रो अडान हो। गैर आवासीय नेपाली नागरिकताको आधारमा छुट्टै पासपोर्ट उपलव्ध गराउनु पर्छ भनेर पनि हामीले माग गरेका छौं। नागरिकताको विषय संगै मैले अरु विषय पनि उठान गरेको छु जसमा गैर आवासीय नेपालीले नेपाली नागरिकको हैसियतको आफ्नो सम्पत्ति गैर अवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुनुपर्छ भन्ने छ

त्यसका लागि गैर आवासीय नेपाली लगानीकर्ताहरु बाहेक एनआरएनएका सदस्यहरुको सम्पर्क र सम्वन्धलाई प्रयोग गर्दै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने कार्ययोजना अघि सारेको छु। यसका साथै बढी भन्दा बढी मुलुकहरुसंग द्धीपक्षीय लगानी प्रवद्र्धन तथा परियोजना सहमति एवं दोहोरो करमुक्ती सम्झौता जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसंग सहकार्य गर्न संस्थागत पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छु। गत मार्च महिनामा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा संघ र सरकारवीच १० अर्व रुपैयाँ बरावरको गैर आवासीय नेपाली संघ लगानी कोष स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर भए अनुसार नयाँ समिति गठन भएको महिना दिन भित्र संयन्त्र बनाई काम गर्ने योजना अघि सारेको छु। नेपालका सवै नियोगहरुमा एनआरएनए एनसीसीहरुलाई पनि समावेश गरी स्थाई प्रकृतिको आर्थिक-कूटनीति समिति बनाउने पहल गर्ने पनि मेरो कार्ययोजना छ। संघ अन्र्तगत गत बर्ष स्थापित नेपाल पलिसी इन्स्टीच्युटलाई स्रोतसाधन सम्पन्न बनाउने, सरकारले स्थापना गरेको ‘ब्रेनगेन’ सेन्टरलाई सशक्त र प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने समेत मेरा कार्ययोजना रहेका छन्।

तपाइले बेलायतलाइ अध्यक्ष चाहियो भन्दै आउनु भएकोछ, किन ?

बेलायत गैर आवासीय नेपालीहरुको उदगम ठाउँ हो। बेलायतसँग नेपाल सरकारको सवैभन्दा पुरानो कूटनीतिक सम्वन्ध पनि छ। अंग्रेजी भाषागत हिसाबले, अत्यधिक नेपालीहरुको बसोबासको हिसावले, गोर्खा दाजुभाइ आमा दिदीबहिनीहरुको बसोवासको हिसाबले, व्यापार तथा वित्तीय ट्रान्जिटका हिसावले बेलायतमा धेरै सम्भावनाहरु छन् जुन भाषागत, सामाजीक र राजनीतिक परिवेशका भित्र देशहरुका अप्ठेरा भन्दा पृथक र गैर आवासीय नेपालीहरुका मुद्धा र स्वार्थका लागि काम गर्न अत्यन्त सहज छ । यसकारण पनि आगामी नेतृत्व बेलायतलाई दिनुपर्छ।

बेलायत उदगम थलो भए पनि अहिलेसम्म बेलायतले गैर आवासीय नेपालीसंघको नेतृत्व पाउन सकेको छैन। बेलायतलाई एनआरएनएको नेतृत्व दिँदा न्यायोचित हुन्छ भन्ने हाम्रा पूर्वअध्यक्षहरु, संस्थापक लगायतका शुभेच्छुक र वेलायतको राष्ट्रिय समन्वय परिषदसँगको छलफलबाटै म उम्मेद्धारी दिने निर्णयमा पुगेको हुँ। आगामी नेतृत्व बेलायतलाई दिँदा हरेक हिसावले न्यायोचित हुने मैले देखेको छु।

तपाईले एनआरएनएलाई कस्तो बनाउने सपना देख्नुभएको छ ?

गैर आवासीय नेपालीले कमाएको पुँजी, ज्ञान र सीपलाई नेपालसँग जोडन र नेपालले पनि विकासको लाभ लिन सक्ने बनाउनु पर्छ। अर्काे एनआरएनएलाई प्रवासमा बस्ने हरेक गैर आवासीय नेपालीलाई समेटने गरि समावेशी बनाउन, गैर आवासीय नेपालीहरुको अपनत्व हुने खालको संस्था निर्माण अभिभावकीय भूमिकाको संस्था बनाउने मेरो लक्ष्य हो। साथै संसारभर फैलिएका नेपालीहरुको सीप, क्षमता, आर्थिक तथा बौद्धिक लगानी भित्र्याउने मेरो लक्ष्य छ। नेपालको विकासका लागि गैर आवासीय नेपाली संघ मुख्य साझेदार बनोस् भन्ने हाम्रो चाहना हो।

विश्व सम्मेलनका आउन अव दुई साता मात्र बाँकी छ। आफ्नो टिम कहिले घोषणा गर्नु हुन्छ ?

हामी अहिले साथीहरुसंग छलफलमा छौं। मैले कर्मभूमि बेलायतबाट आफ्नो संक्षिप्त कार्ययोजना सहित उम्मेद्वारी घोषणा गरिसकेको छु। अव काठमाडौंमा विस्तृत कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रम छ। हाम्रो टिम तयार भै सकेको छ। अव छिट्टै टिम घोषणा हुन्छ।

विदेशमा बस्ने नेपालीहरुलाई मताधिकार दिनुपर्छ भन्नेबारे तपाईंको धारणा के हो ?

वैदेशिक रोजगार, अध्ययन लगायतका विभिन्न कारणले नेपालको जनसंख्याको ठूलो हिस्सा अहिले विदेशमा छ। एकहिसावले भन्ने हो भने अधिकांश युवाहरु विदेशमा छन्। अर्काेतर्फ मताधिकार दिइयो भने उनीहरु नेपालको लोकतान्त्रिक प्रक्रियामा सामेल हुन्छन्। देश बनाउनु पर्छ भन्ने दायित्व उनीहरुमा पनि बोध हुन्छ। त्यसकारण विदेशमा बस्ने नेपालीहरुलाई मताधिकार दिनु पर्छ भन्ने मेरो पहिल्यै देखिको माग रहँदै आएको छ। धेरै देशले विदेशमा बस्ने नागरिकहरुलाई मताधिकार दिने गरेका छन्। यस विषयमा सम्मानित सर्वाेच्च अदालतले पनि विदेशमा बस्ने नेपालीलाई मताधिकार दिन आदेश दिइसकेको छ। यस विषयमा निर्वाचन आयोग, सरकारसंगको भेटमा पनि उहाँहरु सकारात्मक हुनुहुन्छ। अव छिट्टै नीति र प्रविधिको विकास गरेर गैर आवासीय नेपालीले मताधिकार पाउनेमा हामी आशावादी छौं। यसमा संघले पनि आवश्यक भूमिका खेल्नेछ।

तपाईं माथि त एनआरएन अभियानलाई नै राजनीतिकरण गरेको आरोप लागेको छ नि ?

यो कसले किन भन्यो मलाई थाहा भएन। हाम्रो एनआरएनएको स्थिती हेर्ने हो भने जसले राजनीति गर्नुहुँदैन भनेर बोल्छ, व्यवहारमा सबैभन्दा बढी राजनीति उसैले गर्ने गरेको देखिएको छ। व्यक्तिगत रुपमा कसैको राजनीतिक आस्था, चेतना हुनसक्छ तर एनआरएनएमा आउने हो भने राजनीतिक जुत्ता फुकालेर मात्रै भित्र आउनुपर्छ।

मन, वचन र कर्मले हामीले संस्थालाई राजनीति मुक्त बनाउने प्रयास गरेकै छौं। एनआरएनएलाई सशक्त बनाउनु पर्छ, सहमतिका नाउँमा बन्द कोठा भित्र बसेर हुने मनोमानी र एकलौटिको अन्त्य हुनुपर्छ भनेर मैले भनेकै हो। कसैले आफ्नो स्वार्थ पुरा हुनमा बाधा देखेपछि मलाई राजनीति गरेको आरोप लगाउँछ भने त्यसको पुष्टी गर्ने काम पनि उसैको हो। सवै राजनीतिक विचारमा आस्था राख्ने, सवै वर्ग, जातजाती, भाषाभाषी र क्षेत्र र विभिन्न देशमा रहनुभएका गैर आवासीय नेपाली दाजुभाई दिदीबहिनीहरुसंगको सल्लाहमा मैले उम्मेदवारी दिएको हुँ।

पूर्व अध्यक्षहरुको साथ र समर्थन पाउनेमा तपाईं कति आशावादी हुनुहुन्छ ?

म संस्थापक अध्यक्ष, पूर्व अध्यक्षज्यूहरुसंग नजिक रहेर काम गरेको मान्छे हुँ। चाहे शंखमुल पार्क निर्माणको काम होओस् अथवा संयुक्त लगानी खडा गर्ने काम होओस् मैले आफुले नेतृत्व गरेका र उहाँहरुले दिएका जिम्मेवारीहरु कुशलतापूर्वक निर्वाह गरेको छु। संस्था भित्र मैले नेतृत्व गरेका परियोजनाहरु सवै सफल भएको उहाँहरुलाई पनि जानकारी छ। उहाँहरु सवैसंग मेरो सम्वन्ध सुमधुर छ र सवैको साथ सहयोग, शुभेच्छा पाउनेमा म ढुक्क छु।

तपाईंलाई मत किन दिने ?

संसारभर रहनुभएका साथीहरुको माया एवं विश्वासले नै म यहाँसम्म आइपुगेको हुँ।धेरै देश भ्रमण गरेर गैर आवासीय नेपाली साथीहरुको सुझावकै कारणले म निर्वाचनमा होमिएको हुँ। ८१ देशमा फैलिएको नेपाली सन्जाललाई सशक्त बनाउने एजेण्डा मसँग छन्। एनआरएनएले समेटनु पर्ने मुद्दा एकै प्रकृतिका छैनन्। नागरिकता, सम्पत्तिको अधिकार, वैदेशिक रोजगारका मुद्दा, भूतपूर्व गोर्खाहरुका मुद्दा भूपू र गैर आवासीय नेपालीले नेपालको विकासमा खेल्नसक्ने भूमिका कस्तो हुनसक्छ भन्ने कार्ययोजना पनि मसंग छन्। यस संस्थासंग झण्डै १३ बर्षदेखि जोडिएको मेरो इतिहास छ। संस्थाभित्र विभिन्न खाले समूह विभाजनहुँदा पनि मसँग सवै क्षेत्र, भेग र राजनीतिक आस्था राख्ने साथीहरु हुनुहुन्छ। उहाँहरुले तपाईंले नेतृत्व लिनैपर्छ भनिरहनुभएको छ।

मन, वचन र कर्मले हामीले संस्थालाई राजनीति मुक्त बनाउने प्रयास गरेकै छौं। एनआरएनएलाई सशक्त बनाउनु पर्छ, सहमतिका नाउँमा बन्द कोठा भित्र बसेर हुने मनोमानी र एकलौटिको अन्त्य हुनुपर्छ भनेर मैले भनेकै हो। कसैले आफ्नो स्वार्थ पुरा हुनमा बाधा देखेपछि मलाई राजनीति गरेको आरोप लगाउँछ भने त्यसको पुष्टी गर्ने काम पनि उसैको हो

हाम्रो संस्थामा संस्थागत भन्दापनि कहिकतै व्यक्तिको एजेण्डाले प्रश्रय पाउँदा ती मुद्दाहरु राम्रो संग उठान हुन नसकेको भन्ने गुनासो छ, त्यसकारण तपाईंको नेतृत्वमा मात्रै यी मुद्दा समाधान गरि गैर आवासीय नेपालीको समस्या समाधान गर्न सक्नुहुन्छ भनि रहनुभएको छ। गैरआवासीय नेपालीको हकहितका विषयहरु बाहेक संघमा कुनै मेरो व्यक्तिगत स्वार्थ छैन। त्यसकारण सवैका समस्या, अधिकार, जीवन रक्षाका सवाल मेरा मुख्य एजेण्डा भएकाले पनि साथिहरुको माया एवं विश्वास पाउनेमा ढुक्क छु। यसका साथै संस्थापकज्यूहरु, पूर्व अध्यक्षज्यूहरुको पनि म प्रति विश्वास छ। विगतको मेरो कार्यसम्पादन, मैले अघि सारेका एजेण्डा र गैर आवासीय नेपाली साथीहरुको विश्वास नै मेरा जित्ने आधार हुन्।