जनता टाइम्स

२६ बैशाख २०८१, बुधबार १२:४६

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फेको प्यानलै निर्वाचित


ताप्लेजुङ, २६ वैशाख । नेकपा एमाले ताप्लेजुङको उपाधक्ष्यमा डम्बरध्वज तुम्बाहाम्फेको प्यानलै निर्वाचित भएको छ । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाउनुभएको थियो । पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित हुनुभएको छ ।

जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।