जनता टाइम्स

४ जेष्ठ २०८१, शुक्रबार ०१:४७

काशीको काखवाट मोदीको चुनावी उद्घोष


वर्तमान संकटपूर्ण भू-राजनीतिक परिवेशमा भारतले सन्तुलित परराष्ट्र नीतिको आधारमा नै आफ्नो वित्तिय स्वास्थ्यलाई स्थिर बनाउन सकेको उनको जिकिर रहेको छ । विभिन्न चुनावी मुद्दाहरूको सेरोफेरोमा “राम मन्दिर”को प्राणप्रतिष्ठालाई वि.जे.पी.ले केन्द्रविन्दुमा राखेका छन् 

विपिन देव

१४ मे२०२४ का दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काशीवाट अफ्नो उम्मेदवारी दर्ता गरेका छन् । उक्त पूनित अवसर गंगा जयन्ती हुनुका साथै भगवान शंकरले रूद्र रूपवाट गंगालाई ग्रहण गर्दै संसारमा सिंचित गरेका दिन समेत स्मरण गर्दै उनले मतदाताको भावनात्मक मनोग्रन्थीलाई स्पन्दन गरेका छन् । चुनावी मनोविज्ञानका ज्ञाता मोदी आफुलाई गंगाको मानसपुत्रको रूपमा समेत घोषित गरेका छन् । सन् २०२४ को चुनावी अभियानलाई समालोचनात्मक व्याख्या गर्दा मोदीले दुई महत्वपूर्ण रणनीति लिएको देखिन्छ ।

चुनावी क्षेप्यास्त्रको रूपमा सन् २०१४ देखि सन् २०२४ सम्म मोदी सरकराले प्राप्त गरेको सफलतालाई जनजनको मनमा पुर्याउन उनले समाजिक सञ्चाललाई अद्भुत प्रयोग गरेका छन् । सफलताको शिलालेखमा उनले नयॉ सपनालाई संकल्पद्वारा शिद्विमा परिणत गर्न मतदाता समक्ष मार्ग चित्र समेत प्रस्तुत गरेका छन् । दोस्रो क्षेप्यास्त्रको रूपमा उनले भारतीय काङ्ग्रेस माथि तीव्र प्रहार गरेका छन् । काङ्ग्रेसलाई प्रहार गर्दा नेहरुद्वारा स्थापित भाष्यलाई चुनौती दिएका छन् । भारतीय काङ्ग्रेसद्वारा लिएको नीति राष्ट्रघाती भएको जिकिर मोदीको रहेको छ ।

नेहरुको परराष्ट्र नीति र घरेलु नीतिलाई समेत प्रश्नको घेरामा राख्दै नेहरु गान्धी परिवारले सन् १९४७ देखि सन् २०१३ सम्म अधिकांश समय सरकारको वागडोर सम्हालेर भारतलाई पछौटेपनको शिकार बनाएको मोदी नेतृत्वको भारतीय जनता पार्टीको आरोप रहेको छ । अर्थात् नेहरुको कमजोर परराष्ट्र नीतिको कारणले नै गर्दा सन् १९६२ मा चीनसंग हार्नु परेको र नेहरुको नीतिले नै गर्दा काश्मिरको मुद्दा अन्तर्राष्ट्रियकरण भएको विजेपीको चुनावी मुद्दा रहेको छ । अल्पसंख्यकलाई तुष्टिकरण गर्दै हिन्दुहरूलाई अपहेलित गरेको समेत विजेपीको दावी रहेको छ । चुनावी महासंग्राममा इतिहासको कमजोरीलाई चुनावमा पू‘जीकृत गर्ने प्रजातान्त्रिक अभ्यास नै रहिआएको छ । दुर्भाग्यवस नेहरुको कृतीमान र उनको विराट व्यक्रित्वको योगदानलाई चुनावमा पू‘जीकृत गर्न काङ्ग्रेस नेतृत्व सफल भएको देखिदैन ।

भारतको आधुनिकिकरण, स्वतन्त्रता संग्राममा गरेका नेतृतव र अन्तर्राष्ट्रिय पहिचानका लागि नेहरुको योगदानलाई पूर्ण न्यूनिकरण गर्न इतिहासीक मुल हुने छ । नेहरुको विराट व्यक्तित्ववाट अलर्वट आइ गंसटाइन समेत प्रभावित थिए । नेहरुको कालजयी पुस्तक “भारतको खोज” परिशिष्टमा आइगस्टाइन आफ्नो अभिमत दिएका थिए । रवीन्दूनाथ टाइगोर (ठाकुर)ले नेहरुलाई ऋतुराज भन्थे । विजेपीको अर्को चुनावी निशानाको रूपमा इन्दिरा गान्धीको आपत्तकालीन शासन रहेको छ । सत्तरीको दशकमा इन्दिरा प्रजातान्त्रिक वाटोवाट विचलित भई भारतमा संकटकालको घोषणा गरेकी थिए । वर्तमान चुनावी परिवेशमा विजेपीले काङ्ग्रेसद्वारा प्रजातान्त्रलाई अघात र मानर्मदन गरेको कुरालाई चुनावी सभामा वडो चहकिलो र गहकिलो रूपमा प्रस्तुत गरेका छन् ।

इतिहास वडो निर्मम हुन्छ । व्यक्तित्वको कीर्तिमानको विभिन्न पाटोहरू हुन्छन् । सन् १९७१ तका इन्दिराले पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगरेर बङ्गलादेशको धाइआमा नबनेको भए दक्षिण एसियाको स्वरूप र भूराजनीति पृथक हुन्थयो । पाकिस्तान विभाजन नभएको भए पाकिस्तानको हुँकार र डंकारले भारत अधिक सामरिक दवावमा हुन्थ्यो । इन्दिराको साथै विजेपीले राजीव गान्धीको मुश्लिम तुस्टीकरणको नीतिलाई समेत चुनावी मुद्दा बनाएका छन् ।

तत्कालीन समयमा शाहवानुको मुद्दा चर्केको थियो । मुश्लिम कानुलाई संरक्षण गर्दै राजीव गान्धीले अलसंखयकलाई तुष्टिकरण गरेका थिए । तर राजीव गान्धीको अर्को पाटोलाई काङ्ग्रेस नेतृत्वले उजागर गरेको देखिदैन । राजीवको योगदान पश्चिमा प्रविधिलाई भारतमा प्रत्यारोपण गर्नु थियो । बङ्गालका मुख्य मन्त्री ज्योती वषुले उनलाई “मिस्टर कम्प्युटर”को नामाकरण समेत गरेका थिए । राजीवले युवा नेतृत्वलाई अगुवा बनाएका थिए । उनका अघिकांश क्याविनेट मन्त्रीहरू युवा थिए । तर विजेपीले राजीवको कार्यकाललाई साहवानु र वोर्फोशको काण्डको रूपमा व्याख्या गरेका छन् । रोचक पक्ष के छ भने ९० को दशकमा नरसिंहा रावद्वारा नवउदारवादलाई विजेपी प्रसंसाको रूपमा लिएका छन् । नरसिंह रावलाई भारत रत्नद्वारा विभुषित गर्दै काङ्ग्रेसवाट उनको मानमर्दन भएको समते विजेपीले चुनावी मुद्दा बनामएका छन् ।

सन् २०१४ देखि सन् २०२४ सम्मको कार्यकाललाई भारतको स्वर्णिम युगको रूपमा व्याख्या गर्दै सरकारद्वारा जनहितमा गरेको कामलाई विजेपीले चुनावी रूपमा पू‘जीकृत गरिरहेको छ । सरकारको सफलतालाई जन(जनसमम पुर्याउन वि.जे.पी.ले विभिन्न चिन्तन प्रतिष्ठानलाई प्रयोग गरेको देखिन्छ । विभिन्न विद्यापिठ र शोध संस्थानलाई समाजिक सञ्चालसंग जोडेर जनताको दिल दिमागमा सरकारले प्राप्त गरेको सफलता चुनावमा स्मरण गराउन ठुलो अभियान सञ्चालन गरेका छन् । सन् २०२४ को चुनावी अभियानलाई वौद्धिक जगतको मानसपटतलमा नयॉ प्रभाव र उमंग सञ्चार गर्न भारतका परराष्ट्र मन्त्री डा. जयशंकरको सक्रियता देखिएको छ ।

उनले भारतको विभिन्न विद्यापिठ र शोध संस्थानमा आफ्नो व्याख्यान, सम्वाद र अन्र्तरक्रियाद्वारा सरकारको सफलता र भविष्यको मार्गचित्र समेत प्रस्तुत गरेका छन् । अर्थात् सन् २०१४ देखि सन् २०२४ सम्म भारत विश्वको पॉचौ अर्थतन्त्रको रूपमा सफल हुनुलाई मोदी सरकारको सफलताको रूपमा उनले व्याख्या गरेका छन् । सन् २०१४ भन्दा पहिले भारतीय अर्थतन्त्रलाई विश्वको अस्थिर अर्थतन्त्र (फ्रेजाइल इकनोमी)को रूपमा व्याख्या गरिन्थ्यो । गोलमेन स्याकको तथ्याङ्कलाई आधार बनाउ‘दै आउने ३० वर्षमा भारत विश्वको दोस्रो वा पहिलो अर्थतन्त्र बन्न सक्ने सम्भावनालाई उनले चुनावी वहस बनाएका छन् ।

अर्थात् आउने दिनमा विकासको प्रमुख आधाररू मध्ये र्आटिफिसियल इनटीलीजेन्स र जनसंख्यीक लाभांष (डेमोग्राफीक डिभिडेन्ड) हुने उनको तर्क रहेको छ । भारतयी दुईवटै क्षेत्रमा अब्वल रहेको उनको उद्घोष रहेको छ । सन् २०१४ देखि सन् २०२४ सम्म २५० मिलियन गरिव जनताहरू मध्यम वर्गमा परिणत भएको कुरालाई सरकारको सफलताको रूपमा उनले चुनावी व्याखया गरेका छन् । विद्युत्तीयकरण (डिजिटलयडेसन)को माध्यमवाट सरकारले जनधन योजना, मुद्रायोजना, आयुष्मान भारत योजना जस्ता विभिन्न योजनामा सफल रहेको कुरालाई समेत चुनावी चर्चा बनाएका छन् ।

विजेपीको चुनावी चर्चामा भारतको परराष्ट्र नीतिको बारेमा व्यापक बहस भएको देखिन्छ । सन् १९४७ देखि हालसम्म पराराष्ट्र नीतिको वारेमा चुनावी वहस भएको देखिदैन । काङ्ग्रेस लगायत विपक्षी दलहरूले मोदी सरकारको परराष्ट्र नीतिलाई घेरामा राखेका छन् । पाकिस्तानसंग चिसिएको सम्बन्ध हुनु र चीनसंग कटुता अभिवृद्धि हुनु जस्ता परिघटनालाई विपक्षीहरू चुनावी मुद्दा बनाएका छन् । तर विजेपीले सरकारको परराष्ट्र नीतिलाई उच्च सफलताको रूपमा व्याख्या गरेका छन् । सरकार आफ्नो परराष्ट्र नीतिले नै गर्दा जी ट्वेन्टी, संघाई सहयोग संगठन, व्रिकस, विर्मस्टेक जस्ता अनेकौं मञ्चहरूमा नेतृतवदायी भूमिका खेलेको उनको जिकिर रहेको छ ।

कोरोनाको कहरमा संसारमा १०० वटा मुलुकहरूलाई खोप उपलब्ध गराउन सक्नुको साथै विश्वका ७० वटा मुलुकहरू विभिन्न विकास निर्माण काम सञ्चालन गर्न सक्नुलाई भारतको सामर्थयको रूपमा उनले चित्रित गरेका छन् । डा. जयशंकरले चुनावी अभियान भारत अमेरिकी सम्बन्धलाई नयॉ दृष्टिकोणवाट व्याख्या गरेको देखिन्छ । अमेरिका जुन सुकै राष्ट्रपति भएता पनि भारतसंगको सम्बन्धमा कुनै असर नपर्ने उनको दावी रहेको छ । आफ्नो पुस्तकहरू “इण्डिया वे” र “हवाई भारत म्याटरस”लाई समेत उनले उद्धृत गर्दै भारतसंग रसियाको सन्तुलित सम्बन्धलाई समेत उनले चुनावी मुद्दा बनाएका छन् ।

वर्तमान संकटपूर्ण भू-राजनीतिक परिवेशमा भारतले सन्तुलित परराष्ट्र नीतिको आधारमा नै आफ्नो वित्तिय स्वास्थ्यलाई स्थिर बनाउन सकेको उनको जिकिर रहेको छ । विभिन्न चुनावी मुद्दाहरूको सेरोफेरोमा “राम मन्दिर”को प्राणप्रतिष्ठालाई विजेपीले केन्द्रविन्दुमा राखेका छन् । “रामन्दिरको प्राणप्रतिष्ठा” ५ सय वर्षको त्याग र बलिदानको प्रतिफल भएको विजेपीको दावी रहेको छ । “राममन्दिर”ले धार्मिक अस्मितालाई प्रतिविम्व गरेको वि.जे.पी.को चुनावी मुद्दा रहेको छ ।