काठमाडौं, जेठ ५ । नेपाल प्रहरीका चार जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिश भएका छन ।
शुक्रवार बसेको बढुवा समितिको बैठकले चार जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिश गरिएको बढुवा समितिका सदस्य सचिव एआइजी भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
एआइजी ढकालले जारी गर्नुभएको सूचनाअनुसार बढुवाको पहिलो नम्बरमा त्रिबि अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एसएसपी कृष्णहरि शर्मा पर्नुभएको छ ।
यसैगरी बढुवा सिफारिशको दोस्रो नम्बरमा दानबहादुर कार्की, तेस्रोमा डा. मनोजकुमार केसी र चौथो नम्बरमा राजन अधिकारी रहनुभएको छ । डिआइजीमा बढुवा हुनुभएका कार्की आफ्नो ब्याचबाट पहिलो नम्बरमा पर्न सफल हुनुभएको हो । कार्की र केसी नेपाल प्रहरीमा निकै अब्बल अधिकृत मानिनु हुन्छ ।
प्रतिक्रिया दिनुहोस्