दाङ, जेठ ५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो दल वर्तमान सत्ता गठबन्धनको विकल्प खोज्ने पक्षमा नरहेको प्रष्ट पार्नुभएको छ ।
प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो जानकारी दिनुभएको हो । उहाँले एमाले अहिलेको गठबन्धनलाई २०८४ सालमा हुने निर्वाचनसम्म नै निरन्तरता दिने पक्षमा रहेको बताउनु भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पका आधारमा काम गरून्जेल एमालेले काँग्रेससँग सहकार्य नगर्ने महासचिव पोखरेलले बताउनु भयो । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पका आधारमा काम गर्दासम्म हामी अहिलेको गठबन्धनको विकल्प खोज्दैनौं ।’
महासचिव पोखरेलले एमालेको रुची काम गठबन्धन नै रहेको प्रष्ट बटमलाइन पनि सुनाउनु भयो । ‘एमालेको चाहना र रूची दुवै वामपन्थीको सहकार्य नै हो,’ महासचिव पोखरेलले भन्नुभयो । पत्रकार सम्मेलनमा उपप्रधान तथा उहाँले गृहमन्त्री रवि लामिछाने सदनमा बोल्न पाउनुपर्ने धारणा पनि राख्नुभयो ।
‘गृहमन्त्रीले आफूमाथि लागेका आरोपबारे सदनमा बोल्न पाउनुपर्छ । अनि रविका नाममा मात्रै होइन, सिंगो सहकारी समस्याका बारेमा छानविन गरिनुपर्छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्