जनता टाइम्स

६ जेष्ठ २०८१, आईतवार १०:५८

गौशाला चोकको घरहरुमा चलायो काठमाडौं महानगरले डोजर


काठमाडौं, जेठ ६ । गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका अबैध घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरको टोलीले आज बिहान डोजर चलाएको हो ।

अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ ।

काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाउनु भएको छ । लामो समयदेखि सार्वजनिक सम्पत्ति हडपेर अबैध घर बनाई भाडामा लगाउने कार्यलाई महानगरको यो अभियानले रोक लगाएको छ ।