जनता टाइम्स

६ जेष्ठ २०८१, आईतवार १३:४०

सडक पेटीमा बस्ने समूहबाट ट्राफिक नवराजको हत्या, गलफ्रेण्डलाई आँखा झिम्क्याएको निहुँ


काठमाडौं, जेठ ६ । दरबारमार्ग ट्राफिकमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा नाबाकसहित ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौँ प्रहरी परिसरले हत्यामा संलग्न ७ जनालाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर चागुनारायण नागरपालिका हाल मनमैजु जरखु आसपासमा निर्मार्णाधीन घरहरु आश्रय लिइ बस्ने २१ वर्षीय आइते भनिने सचिन परियार, चागुनारायणकै १८ वर्षीया अन्जली श्रेष्ठ, स्याङजा आँधीखोला गाउँपालिका घर भई मनमैजु जरखु आसपासमा निर्मार्णाधीन घरहरु आश्रय लिइ बस्ने २१ वर्षीया विपना भनिने बसन्धुरा कार्की, ५६ वर्षीया नुरमाया कार्की, नुवाकोटका २१ वर्षीय बुद्ध लामा, सिन्धुपाल्चोकका ३० वर्षीय दोर्जे भनिने अमित तामाङ र १३ वर्षीय नाबालक रहेका छन् ।

उनीहरु सबैजना मनमैजु जरखु आसपासमा निर्मार्णाधीन घरहरु आश्रय लिइ बस्ने गरेका थिए । उनीहरुले लागूऔषध प्रयोग गर्ने गरेका थिए । प्रारम्भिक अनुसन्धान गर्दा घिमिरे ड्युटी सकाएर घरतर्फ जाने क्रममा हत्या भएको खुलेको छ ।

प्रहरीले यसअघि चोरी लुटपाटदेखि ज्यामी काम गर्नेहरुलाई पनि सोधपुछ गरेको थियो । घरको वरपर बस्ने व्यक्तिहरुलाई पनि सोधपुछ गरेको थियो । हत्या संलग्न आरोपीहरुलाई अष्टनायारण हल पछाडि २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा पक्राउ परेका थिए ।

खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा ३२ वर्षीय प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौंको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । टोखा नगरपालिका गंगबु गणेशथान बस्ने उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत थिए ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरे ड्युटी सकेर घरजानु अघि खाजा खान तार्केश्वर ११ को एक सानो होटलमा पसेका थिए । सोही क्रममा अन्जली श्रेष्ठ र सचिन परियार पनि त्यही खाजा घरमा खाजा खान पुगेका थिए । घिमिरे र परियारको पुरानो चिनजान अनुसन्धानबाट देखिएको छ । उनीहरु तीनजना सँगै एउटै टेवलमा बसेर खाजा खाएका थिए ।

एसएसपी रजौरका अनुसार सोही घटनाबाट उनीहरुबीच विवाद सुरु भएको देखिन्छ । युवराजले अन्जलीलाई आँखा झिम्काएको सचिनले भनेको छ । त्यसपछि सचिनले अन्जलीलाई विसन्चो भयो भनेर माथिसम्म पुर्याइदिन युवराजलाई अनुरोध गरेका थिए ।

उनीहरू एउटै मोटरसाइकलमा सो स्थानमा गएको पाइएको छ । त्यहाँ पुगेर बसौं भनेर युवराजलाई भनेको घटनास्थलमा पहिलेदेखि नै आश्रय लिएर बसेको विपना कार्की, नुरमाया कार्की, बुद्ध लामा अमृत तामाङ र एक नावालकले अन्धाधुन्द इटा, रड,युवराजको युनिर्फमको बेल्ट र ढुंगा प्रयोग गरी हत्या गरेको उहाँले जानकारी दिनुभयो ।

युवराजले लगाएको जुत्ता भएको जलाएर फरार भएका थिए । त्यहाँबाट भागेर जरखुतर्फ गएर सडकपेटीमा गएर सुतेका थिए । उनको हत्या गर्नुमा लुटपाट र महिलासँगको विवादसम्बन्धी देखिएकाले अनुसन्धान अघि बढेको छ । युवराजले मदिरा खाए नखाएको परीक्षण गरिनसकेको एसएसपी रजौरले बताउनु भयो ।

हत्याको पूर्वयोजना भने नदेखिएको उनको भनाइ छ । प्रहरीले पुरानो रिसिबी हुन सक्नेतर्फ अनुसन्धान अघि बढेको जनाएको छ । अन्जली श्रेष्ठ र सचिन परियार लिभिङ टुगेदरमा रहेका थिए ।