जनता टाइम्स

६ जेष्ठ २०८१, आईतवार १४:०१

एमाले मुस्ताङको अध्यक्षमा दिपक लालचन निर्वाचित, यी हुन पदाधिकारी र सदस्य


मुस्ताङ, जेठ ६ । नेकपा एमाले मुस्ताङको अध्यक्षमा दिपक लालचन निर्वाचित हुनुभएको छ । शनिबार जोमसोममा सम्पन्न पार्टीको आठौं अधिवेशनबाट लालचन निर्विरोध निर्वाचित हुनुभएको हो ।

एमाले मुस्ताङको ३३ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा छेवाङ रिङजिङ गुरुङ, सचिवमा तिलक विक, उपसचिवमा माया गुरुङ र सम्राट गौचन निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यमा रमेश गुरुङ, छाङरिङजिङ गुरुङ, कुङ्गा तेन्जिङ गुरुङ, ढिकी गुरुङ, गोबिन्द, जमुना घताने,विजय थकाली, संचित्र गुरुङ, पेमा छेतेन बिक, विशाल शेरचन,हिक्मत नेपाली,सनप्रसाद थकाली, टसी नर्बु गुरुङ, कर्मा नाम्ग्याल गुरुङ, छिरिङ ढिन्डु गुरुङ निर्वाचित हुनुभएको छ । यस्तै

कर्मसम्टुक गुरुङ, छयुमी बिष्ट, आङजेन गुरुङ, थाक्पाछिरिङ गुरुङ, शवि शेरचन, पासाङ गुरुङ, झझ्याङ तेन्जिङ गुरुङ,थुक्तेन छिरिङ गुरुङ, निमा धिन्डुक गुरुङ, यामकुमारी तुलाचन र दिपक थकाली लगायतका हुनुहुन्छ ।

अधिवेशनले पार्टीको लेखा समितिको अध्यक्षमा सुनदेवी रसाईली, सचिवमा आईतेलाल थकाली र सदस्यमा प्रेमकुमारी शेरचनलाई निर्वाचित गरेको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नै निर्वाचन कमिटीले औपचारिक घोषणा सार्वजनिक गरेको थियो।

एमाले मुस्ताङको आठौं अघिवेशनको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले उदघाटन गर्नुभएको थियो । अधिवेशनमा सहभागी हुन केन्द्रीय सचिव तथा गण्डकी इञ्चार्ज गोकर्ण बिष्ट र एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मासहितको टोली मुस्ताङ आएको थियो।