बाजुरा, जेठ ६ । नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली बिजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनको मतगणनाको परिणामअनुसार ओलीले प्रतिस्पर्धी भरत थापालाई पराजीत गर्दै अध्यक्षमा बिजयी हुनुभएको हो ।
यस्तै उपाध्यक्षमा जनककुमार बोहोरा, सचिवमा काशी बिक, उपसचिव हरि रोकाया र राजकला सार्की बिजयी हुनुभएको छ । पदाधिकारीमा निर्वाचित सवै ओलीकै प्यानलबाट चुनाव लडनुभएको थियो । चुनावमा ओलीको समुहले बिपक्षी समुहलाई क्लिनस्वीप गरेको छ ।
पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको समर्थनमा उम्मेदवार बन्नुभएका भरत थापालाई १५ मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा कुल ४२५ मत खसेकामा २१८ मतसहित ओली विजयी हुँदा थापाले २०३ मत पाउनु भयो । ओलीलाई पार्टी केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज लालबहादुर थापाको समर्थन रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्