बाँके, जेठ ७ । नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनुभएको छ । नवौं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा प्रतिस्पर्धी डिल्ली बिसीलाई १३७ मतको अन्तरले पराजीत गर्दै गुरुङ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
गुरुङले २९१ मत प्राप्त गरी जीत निकाल्दा बिसीले १५४ मत पाउनुभएको छ । यस्तै उपाध्यक्षमा रत्न खत्री निर्वाचित हुनुभएको छ । खत्रीले ३१३ मत प्राप्त गरी बिजयी बन्दा प्रतिस्पर्धी रबिन्द्र लम्सालले १३८ मत पाउनु भएको छ ।
यसैगरी सचिवमा बलराम भट्टराई १३९ मत प्राप्त गरी बिजयी हुनुभएको छ । भट्टराईसँग प्रतिस्पर्धा गर्नुभएका खिलप्रसाद भुसालले ११७ मत, दत्तप्रसाद आचार्यले ८८ मत र भीम ओलीले ९५ मत प्राप्त गर्नुभएको छ ।
उसपचिव खुल्लातर्फ किशोर थापा २६३ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्नुभएका दिपककुमार थापाले १२९ र सोहनलाल यादवले ४५ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपसचिव महिलातर्फ निर्मला सुनुवारले १९८ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।
सुनारसँग प्रतिस्पर्धा गर्नुभएका सारदाकुमारी रेग्मी बिश्वकर्माले १३४ मत र रचना श्रेष्ठले ११५ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्