जनता टाइम्स

७ जेष्ठ २०८१, सोमबार १३:४३

बिश्वासको मत पाएलगत्तै प्रधानमन्त्री दाहाललाई एमाले अध्यक्ष ओलीको बधाई


काठमाडौं, जेठ ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिनुभएको छ ।

प्रतिनिधिसभाबाट आज चौथो पटक बिश्वासको मत पाएसँगै अध्यक्ष ओलीले संसद भवनमै रहेको प्रधानमन्त्रीको चेम्बरमा बधाइ दिनुभएको हो । कांग्रेससहित बिपक्षीको अवरोधबीच प्रधानमन्त्री दाहालले आज पाए विश्वासको मत पाउनु भएको छ । उहाँको पक्षमा १५७ मत परेको छ भने बिपक्षमा एक मत परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक बिश्वासको मत पाउनु भएको छ । पहिलो पटक २६८, दोस्रो पटक १७२, तेस्रो पटक १५७ सांसदको समर्थन पाउनु भएका प्रधानमन्त्री दाहालले चौथो पटक पनि १५७ सांसदको साथ पाउनु भएको छ ।