दाङ, जेठ ७ । नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य सर्वसम्मत चयन हुनुभएको छ ।
एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला समेत रहेको दाङमा आचार्यलाई अध्यक्ष बनाएर सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।
यसैगरी उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरीसहित ११९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको अध्यक्ष मण्डलका संयोजक नरूलाल चौधरीले जानकारी दिनुभयो ।
एमाले दाङको १४औं अधिवेशनको उदघाटन शनिवार महासचिव पोखरेलले गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्