जनता टाइम्स

८ जेष्ठ २०८१, मंगलवार १३:३१

कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश शिरोहियाबिरुद्ध पक्राउ पुर्जी जारी


धनुषा, जेठ ८ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

धनुषा जिल्ला अदालतबाट मंगलबार उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले शिरोहियाविरूद्ध पुर्जी जारी गर्न आदेश दिएको हो । सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो ।

शिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो । उक्त जाहेरीबारे समाचार बाहिरिएपछि सिरोहियाले आफूले २०३४ सालमा नागरिकता र २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गर्नुभएको थियो । तर अदालतले सो बिषयमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो ।