जनता टाइम्स

११ जेष्ठ २०८१, शुक्रबार १२:५१

सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै


धनुषा, ११ जेठ । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज म्याद गप गर्न धनुषा जिल्ला अदालतमा लगिदै छ । सिरोहियालाई म्याद थप गर्न धनुषा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सिरोहिमामाथीको अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लागिन लागेको हो ।

यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो । सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेर धनुषा लगेको थियो ।