जनता टाइम्स

१७ जेष्ठ २०८१, बिहीबार १७:२४

सन्दीपलाई भिसा दिन फेरी अस्वीकार


काठमाडौं, १७ जेठ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा फेरि पनि भिसा दिन अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए । योसँगै उनको विश्वकप खेल्न जाने सम्भावना अब सकिएको छ ।