काठमाडौं, २० जेठ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाब किताब प्रधानमन्त्रीसँग नै हुने बताउनुभएको छ । यसअघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउदै महामन्त्री थापाले अब आफुहरुको हिसाब किताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताउनुभयो । गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउदै सभामुखको समेत ध्यानाकर्षण गराउनुभएको छ । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य सम्बेदनशील रहेको बताउदै यो भनाईलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट गर्नुभयो ।
उहाँले संसदमा बोलिएका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने बताउँदै भन्नुभएको छ, ‘कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसदको रेकर्डबाट हटाउछु भनेर भन्न सक्नु पर्यो । हिसाब किताब लिन्छौं र यहि संसदमा लिन्छौं ।’ उहाँले सहकारी ठगि प्रकरणमा गठिन संसदीय छानबिन समितिलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्ने बताउँदै अब संसदमा आफुहरुले जनसरोकारका विषय उठाउँदै बजेटको छलफलमा ध्यानकेन्द्रित गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्