जनता टाइम्स

२१ जेष्ठ २०८१, सोमबार १७:५७

गिरीबन्धुबारे बालेनलाई सोध्नु : अध्यक्ष ओली


काठमाडौं, २१ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गर्नुभएको छ । आज संघीय संसद भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफमा ओलीले गिरिबन्धु प्रकरणबारे बालेनलाई सोध्न भन्नुभएको हो ।

गिरिबन्धु टी–इस्टेटबारे कुरा आइरहेका छन् भन्ने प्रश्नमा अध्यक्ष ओलीले भन्नुभयो, ‘बालेनलाई सोध्नुस् ।’ आज बिहान काठमाडौं महानगरका मेयर बालेनले गिरिबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरिबन्धुको विषयान्तर गर्न न्यूरोड सडकको विषय उठाएको आरोप लगाएका थिए । बालेनले ओलीलाई गिरिबन्धुमा अनियमितता गरेको आरोप लगाउदै पीडितको बैना फिर्ता गरिदिन आग्रह गरेका थिए ।