काठमाडौं, २२ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहलाई संयमता गुमाएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिदै नेताहरु जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाउनुभएको हो ।
उहाँले नेताहरुलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लादै हुनुहुन्छ भन्दै प्रश्न गर्नुभयो । नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउँदै आफुहरु आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्