जनता टाइम्स

२५ जेष्ठ २०८१, शुक्रबार १९:२७

रामको जन्म माडीस्थित अयोध्यापुरीमा भएको हो : अध्यक्ष ओली


चितवन, २५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको दोहोर्याउनुभएको छ । एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन आज चितवनमा आउनुभएको ओलीले रामको जन्म चितवन भएको दोहोर्याउनुभएको हो । उहाँले भन्नुभयो,‘अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो । शास्त्रले जिन्ते गरी भनेको छ, मैले भनेको होइन । रामायणमा प्रशस्त प्रमाण भेटिन्छन् ।’

यस अघि ओलीले २०७औं भानु जयन्तीको अवसरमा २०७७ असार २९ मा विभिन्न किम्वदन्तीमा उल्लेख गर्दै रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको बताएपछि यसको चर्चा सवत्र भएको थियो । रामको जन्मभूमि भारतको उत्तर प्रदेशमा रहेको अयोध्यालाई मानिदै आएको भए पनि आलीले भने माडीमा भएको दाबी गर्दै आउनुभउको छ । माडीमा मन्दिर बनाएर कोरोना महामारीका बीच ठूलो तामझामसहित काठमाडौंबाट मूर्ति चितवन ल्याइएको थियो ।