जनता टाइम्स

२ असार २०८१, आईतवार २०:१३

संवैधानिक परिषद्को बैठक बालुवाटारमा


काठमाडौं, २ असार । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवम् संवैधानिक परिषद् अध्यक्ष प्रचण्डको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो ।

संवैधानिक निकायमा रिक्त रहेका पदाधिकारी नियुक्ती सम्बन्धमा छलफलका लागि बैठक बसेको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना र मुख्यसचिव वैकुण्ठ अर्याल सहभागी हुनुहुन्छ ।