जनता टाइम्स

९ असार २०८१, आईतवार ०९:४०

भारी बर्षाका कारण आएको बाढीमा परी जाजरकोटमा एक शिक्षकको मृत्यु, छ जना घाइते


जाजरकोट, असार ९ । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बाढीमा परी छ जना घाइते भएका छन् ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेलामा आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिनुभयो। मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुन ।

बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते हुनुभएको छ ।