काठमाडौं, असार २५ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।
आवश्यक तयारी नपुगेको कारण बुधवार ११ बजे बस्ने गरी सचिवालय बैठक स्थगित भएको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो ।
‘नेताहरुको कार्यब्यस्थता र आवश्यक गृहकार्यका लागि भोलि (बुधवार) ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको छ,’ कार्यालय सचिव अधिकारीले जनताटाइम्स डटकमसँग भन्नुभयो ।
बैठकमा सरकारमा सहभागिताको बिषय, मन्त्री चयनको मापदण्ड र पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुसम्मको जिम्मेवारी हेरफेरको कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्