चितवन, असार २२ । पहिरोले नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको छ ।
आज बिहान सवा ९ बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित झोलुङ्गे पुल र सिमलतालको बीचमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।
सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा दुवैतर्फ अवरोध भएको छ। अहिले पहिरो हटाउन सुरू गरिएको प्हरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्