काठमाडौं, मंसिर १ । सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मंगलबार राति करिब १ बजे श्रीमान्–श्रीमतीबीच विवाद भएको थियो । सोही क्रममा ४२ वर्षीय मनोज कार्कीले ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीलाई लोहोरो प्रहार गरेका थिए ।
लोहोरोले टाउकोमा लाग्दा सानुकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले मनोज कार्कीलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्