जनता टाइम्स

२ श्रावण २०८१, बुधबार १४:४५

ढाकामा आरक्षणविरोधी प्रदर्शन हिंसात्मक बनेपछि दूतावासले गरायो नेपाली बिद्यार्थीलाई बाहिर ननिस्कन सचेत


ढाका, साउन २ । बङ्गलादेशमा कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन चर्किएर हिंसात्मक बनेपछि नेपाली दूतावासले ढाकामा रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन सचेत गराएको छ ।

दूतावासले आज सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको हो । प्रदर्शनमा ६ जनाको ज्यान गइसकेको छ , जसमध्ये ३ जना विद्यार्थीहरू छन् ।

सरकारी जागिरमा बङ्गलादेशको स्वतन्त्रता आन्दोलनमा भाग लिएका व्यक्तिहरूका छोराछोरीलाई दिइएको आरक्षणको विरोधमा आन्दोलन सुरु भएको हो । आरक्षणको विरोधमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगको भ्रातृ सङ्गठन बङ्गलादेश छात्र लिग बिच देशका विभिन्न ठाउँमा हिंसात्मक झडप भइरहेका छन ।