काठमाडौं, साउन ३ । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक यात्रुबहाक बसबाट धुँवाको मुस्लो निस्किएको छ ।
भक्तपुरबाट काठमाडौंको रत्नपार्क आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९५५४ नम्बरको बस नयाँबानेश्वरस्थित संसद भवन नजिक आइपुग्दा एक्कासी धुँवाको मुस्लो निस्किएको हो । बसमा धुँवैधुवाँ भएपछि यात्रुहरुलाई ओरालिएको थियो ।
‘इन्जिनबाट धुँवाको मुस्लो निस्किन थालेपछि बसलाई रोकेर यात्रुहरु ओरालिएको र मेकानिक्स बोलाएर मर्मत गरिएको प्रहरीले जनाएको छ।
तस्विर सौजन्य : रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्