जनता टाइम्स

५ श्रावण २०८१, शनिबार २१:१७

देशका अधिकांश क्षेत्रमा एकैचोटी विद्युत अवरुद्ध, बितरण प्रणालीमै समस्या आएको प्राधिकरणको भनाई


काठमाडौं, साउन ५ । शनिबार साँझ देशभरको विद्युत वितरण प्रणालीमा समस्या आएको छ । शनिवार साँझ काठमाडौंसहित देशको अधिकांश ठाउँमा विद्युत प्रणालीमा समस्या आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विराटनगरबाहेक अन्य क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आएको छ । उहाँका अनुसार चन्द्रनिगाहापुर नवलपुर खण्डको प्रशारण लाइनमा रुख ढलेका कारण देशका धेरै ठाउँमा विद्युत अवरुद्ध भएको हो ।

प्रशारण लाइनको ब्याक अप नभएका कारण विद्युत अवरुद्ध भएको हो । विराटनगर वरपरबाहेक अन्य ठाउँमा समस्या भएको प्राधिकरणले जनाएको छ । ढल्केबर हेटौंडा प्रशारण लाइन नबनेका कारण र लालबन्दीमा तार फेर्न नपाएका कारण अवरुद्ध भएको प्राधिकरणको भनाई छ ।

ढल्केबर इनरुवा ४०० केभी प्रशारण लाइन बनेका कारण पूर्व क्षेत्रमा विद्युत आपूर्तिमा समस्या नरहेको प्राधिकरणले जनाएको छ ।