जनता टाइम्स

६ श्रावण २०८१, आईतवार ०८:५८

बाढीले खानेपानीको मुख्य मुहानको पाइप बगाएपछि बागलुङ बजारमा खानेपानी अभाव


बागलुङ, साउन ६ । बागलुङ बजारमा खानेपानीको अभाव भएको छ । अबिरल बर्षासँगै अएको बाढील भूदीखोलाले पानीको पाइप बगाएपछि एक सातादेखि नगरवासी खानेपानीको समस्यामा परेका हुन ।

बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको मुख्य मुहानको पाइप बगाउँदा समस्या भएको हो ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव जीवन आचार्यले पाइप मर्मत थालिएकाले बताउनु भयो ।