काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवर नियुक्त हुनुभएको छ । नियुक्तिसँगै कुँवरले आजबाट प्रधानमन्त्री कार्यालयमा हाजिर भई कार्यभार सम्हाल्नु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या प्रशासन महाशाखा प्रमुख रहनुभएका कुँवरलाई प्रधानमन्त्री ओलीले निजी सचिव नियुक्त गर्नुभएको हो । मंसिर २०८० मा जनसंख्या मन्त्रालयमा आउनुअघि कुँवर गण्डकी प्रदेशमा ३ वर्ष प्रदेश सचिवका रुपमा रहेर कार्यरत रहनुभएको थियो ।
आन्तरिक राजस्व विभागमा पनि १४ महिना महानिर्देशक भएर काम गर्नुभएका कुँवर विगतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित लोकसेवा आयोगको अनुभवसहित अव प्रधानमन्त्रीको निजी सचिवालयको नेतृत्व गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्