काठमाडौं, साउन ७ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीचको प्रश्नोत्तर सुरु भएको छ ।
आजको बैठकमा प्रधानमन्त्री ओली र सांसदहरूबीच सवालजवाफको कार्यसूची राखिएअनुसार अहिले प्रश्नोत्तर चलिरहेको हो । आइतबार विश्वासको मत लिएका प्रधानमन्त्री ओलीले आज सांसदहरूसँग प्रश्नोत्तर गर्नुभएको हो ।
प्रतिनिधिसभा नियमावलीमा हरेक महिना सरकारका कामकारबाही र समसामयिक जनसवाललाई लिए सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने प्रावधान छ । सोही अनुसार प्धानमनत्री ओलीले अहिले सांसदले रोकेको सवालको जवाफ दिइरहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्