जनता टाइम्स

७ श्रावण २०८१, सोमबार २३:४७

पत्रकार महासंघ युकेको अध्यक्षमा बिमला सेने निर्वाचित, यस्तो बन्यो कार्यसमिति


लण्डन, असार ७ । नेपाल पत्रकार महासंघ युकेको अध्यक्षमा बिमला सेने निर्वाचित हुनुभएको छ । यही जुलाई १४ मा सम्पन्न छैटौं अधिवेशनबाट सेने अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, उपाध्यक्षमा शिव भण्डारी र महासचिवमा खेमराज रानाभाटलाई चयन गरेको छ । यस्तै सचिवमा बिश्वदीप टिगेला, मञ्जु भण्डारी खरेल, कोषाध्यक्षमा सबिन्द्रकुमार गुरुङ र सहकोषाध्यक्षमा सुरेन्द्र इङनामलाई चयन गरेको छ ।

अधिवेशनले सदस्यहरुमा गोमा राना, नगेन्द्र नेम्वाङ, बम थापा (सूर्यबंशी) मिलन तामु, बाचस्पति देवकोटा र अमित थेबेलाई चयन गरेको छ ।

यसैबीच नवनिर्वाचित अध्यक्ष सेनेले पत्रकार महासंघ युकेको अधिवेशन सम्पन्न गर्न अहोरात्र खटिएका निवर्तमान कार्यसमितिका अध्यक्षसहित पदाधिकारी र साधरण सदस्यहरुप्रति आभार प्रकट गर्नुभएको छ ।

उहाँले आफूलाई नेतृत्वमा स्थापित गर्न भूमिका निर्वाह गर्ने शाखाका सवै साधरण सदस्यसहित नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, महासचिव रोशन पुरीलगायत सवैप्रति आभार प्रकट गर्नुभएको छ ।