हेटौंडा,साउन ८ । बागमतीको मुख्यमन्त्रीमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त हुनुभएको छ ।
नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनी नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बागमतीमा कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको हो। यसअघि मंगलबार बिहान कांग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्