जनता टाइम्स

९ श्रावण २०८१, बुधबार १२:४७

बिमानस्थल जाँदै प्रधानमन्त्री ओली


काठमाडौं, साउन ९ । प्रधानमन्त्री केपी शर्मा ओली बिमान दुर्घटनाको अवस्था बुझ्न बिमानस्थल जाने हुनुभएको छ ।

प्रधानमन्त्रीका निजी सचिवालयले जनाएअनुसार प्रधानमन्त्री ओली केही बेरमा बिमानस्थल जान लाग्नुभएको हो । ‘विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा विमानस्थल जाँदै हुनुहुन्छ । नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको छ,’ प्रधानमन्त्री ओलीका सचिवालयले जनताटाइम्स डटकमसँग भन्यो ।

प्रधानमन्त्री ओलीले दुर्घटनाले आफू निकै चिन्तित बनेको समेत उल्लेख गर्नुभएको । यसअघि नै गृहमन्त्री रमेशलेखक बिमानस्थल पुगिसक्नुभएको छ ।

पोखरा उडने क्रममा आज बिहान भएको सौर्य एयरको विमान दुर्घटनामा पाइलट मनिष शाक्यको घाइते अवस्थामा उद्धार गरिएको छ भने बिमानमा सवार १९ जनाकै सव भेटिएको छ । बिमानमा सौर्य एअरलाइन्समै कार्यरत इञ्जीनियरसहित प्राविधिक कर्मचारी रहेका थिए ।