काठमाडौं, साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरुसँग बैठक राख्नुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा केहीबेर अघिबाट सुरु भएको बैठकमा सचिवहरुले आफ्नो मन्त्रालयको बिषयमा प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, बिष्णु रिमल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु, मुख्यसचिव र सचिवहरु सहभागी हुनुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्