जनता टाइम्स

१४ श्रावण २०८१, सोमबार ००:११

सोमवार कोशी गण्डकीसहित ४ प्रदेशमा भिषण वर्षाको सम्भावना


काठमाडौं, साउन १४ । सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार राति देशभर साधारणतया बदली रहने छ।

सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।