काठमाडौं, साउन १७ । आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका अनुसार आज राती कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ ।
त्यस्तै राती कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने विभागको बुलेटिनमाा उल्लेख छ। विभागले ती स्थानमा बस्ने सवैलाई जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ।
महाशाखाले सूचना निकालेरै कोशी प्रदेशका धेरै स्थान, मधेस, बागमती प्रदेशका केही स्थानका साथै गण्डकी र सदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको र हुने भएकाले वर्षा भएका क्षेत्रमा सचेत रहन आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्