काठमाडौं, साउन १७ । आजबाट सुरु भएको काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा नेपालले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१९ ले जित हासिल गरेको हो ।
प्रतियोगितामा नेपाल र श्रीलंकासहित भारत, माल्दिभ्स र इरान सहभागी रहेका छन । आयोजकका अनुसार खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ । लिगको शीर्ष चारमा रहने टोली सेमिफाइनल खेल्नेछ ।
सेमिफाइनलमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहने टिमले प्रतिस्पर्धा गर्नेछन । फाइनल खेल साउन २२ गते हुने गरी तालिका सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्