रौतहट, ६ भदौ । तलव भत्ताको माग गर्दै आन्दोलनमा उत्रिएका कटहरिया नगरपालिकाका बाल विकास शिक्षिका र विद्यालय कर्मचारीहरु र जनप्रतिनिधिबीच वार्ता सफल भएको छ । दुईपक्षीय वार्तापछि आन्दोलनकारीले नगरक्षेत्र भरीको विद्यालयमा बुधबार गरेको तालावन्दी खोलिएको छ । ताला खोलिएसंगै बिहिवार देखी विगत झैँ पठनपाठन सुरुभएको नगर शिक्षा संयोजक अनील कुमार निधिले बताउनुभएको छ ।
मेयर जयप्रकाश जैसवाल उपमेयर रिता देवी यादव निलम्बित रहेको अबस्थामा वडा अध्यक्षहरु, नगर शिक्षा संयोजक र आन्दोलनकारीबीच कटहरिया नगरपालिकाको सभाकक्षमा बार्ता भएको थियो । दुईपक्षीय बार्तामा आउने असोज १६ गते भित्र बाल विकास क्षिक्षिका र सम्पूर्ण बिद्यालय कर्मचारीको बक्यौता तलब भत्ता उपलब्ध गराउने सहमती भएको बैठकमा सहभागी वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले बताउनुभएको छ ।
त्यसैगरी नगरभरिका सम्पुर्ण करारका कर्मचारीलाई तलब ख्वाउने र नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार बाल विकास शिक्षिका र विद्यालय कर्मचारीलाई तलब भत्ता उपलब्ध गराईने सहमती भएको वडा अध्यक्ष कुशवाहाले जानकारी दिनुभएको छ । बुधबार कटहरिया नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा कर्मचारी र शिक्षिकाले बिद्यालय समय अगावै बिद्यालयहरुको मूल गेटमा तालावन्दी गरेको कारण पठनपाठन अवरुद्ध भएको थियो ।
बुधबार कटहरियाको सम्पूर्ण माबी ५ निमाबि ५ र प्राबी १४ गरी २४ विद्यालयको पठनपाठन हुन सकेको थिएन । तलव भत्ताको माग गर्दै उनीहरू पछिल्लो एक महिना देखि आन्दोलित भएका थिए । जनै पूर्णिमासंगै रक्षाबन्धन पर्व परेका दिन सरकारले सार्वजनिक बिदा दिएको थियो । हिमाल देखी तराईसम्मका दिन्दु धर्मावलम्बीहरु आआफ्नो रिती अनुसार पर्व मनाएका थिए। तर कटहरिया स्थित तलब भत्ताको माग गर्दै शिक्षिका तथा बिधालय कर्मचारी धर्नामा बसेका थिए ।
गत मंगलबार सम्म तलब भत्ता नपाएमा हिजो बुधवार देखि नगरको सम्पूर्ण सामुदायिक बिद्यालय बन्द गर्ने अग्रिम घोषणा संगै प्रेस विज्ञप्ती जारी गरेका थिए । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक बर्ष २०७९/०८० को वैशाख देखि अषाढ मसान्त सम्मको न्यूनतम थप तलव, यस आर्थिक वर्षको वैशाख देखि हालसम्मको तलब र प्रति महिना दुईहजारको दरले प्रोत्साहन भत्ता समेतको रकम पाउन सकेका छैनन् ।
कटहरिया स्थित सम्पूर्ण सामुदायिक बिद्यालयहरुमा बिद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी ६४ जना कार्यरत रहेका छन । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादव सहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर झण्डै ३ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा बिधालय कर्मचारी तलब सुबिधा पाउन बाट बञ्चित भएका छन् ।
गत आर्थिक बर्षको अन्तिम महिना असारमा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले चासो न लिएको कारण तलब सुबिधा पाउन नसकेको उनीहरूको आरोप रहेको छ। करार तथा दैनिक ज्यालादारीको नाउँमा मेयर जैसवालले बार्षिक करोडौं रकम निकासा गराउँछन् । तर दिनरात मिहिनेत गरेका बिद्यालय कर्मचारी तथा बालविकास शिक्षिकाको तलब भत्ता निकासा गराउन नसकेको पीडितहरुको दाबी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्