मकवानपुर, मंसिर २ । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सुरुङको आज ‘ब्रेक थ्रु’ गरिँदैछ ।
सुरुङको ब्रेक थ्रु कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको छ ।
भीमफेदी गाउँपालिका–८ र बकैया गाउँपालिका–१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरुङ निर्माण भइरहेका छन् । तीमध्ये ३.४४५ किलोमिटर लामो सुरुङ आज छिचोल्न लागिएको हो ।
यससँगै महादेवटारमा निर्माणाधीन दुवै सुरुङको मुख्य खण्डको ब्रेक थ्रु पूरा हुनेछ । अर्को ३.४८६ किलोमिटर लामो सुरुङको गत भदौमै ब्रेक थ्रु गरिएको थियो ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको फास्ट ट्र्याकअन्तर्गत हाल सातवटा सुरुङ निर्माणाधीन छन् । आयोजनालाई १३ वटा प्याकेजमा विभाजन गरेर निर्माण कार्य अघि बढाइएको छ ।














प्रतिक्रिया दिनुहोस्