जनता टाइम्स

२ मंसिर २०८३, बुधबार ०७:२६

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा बिहानै चोरी


काठमाडौं, मंसिर २ । कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा बुधबार बिहान कम्प्युटर चोरी भएको छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत चोरीको घटनाबारे जानकारी दिँदै सीसीटीभी फुटेजसमेत सार्वजनिक गर्नुभएको छ ।

उहाँका अनुसार बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएको थियो । चोरीको घटना केन्द्रमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ ।

पुनले घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको बताउनुभएको छ ।