जनता टाइम्स

८ भाद्र २०८१, शनिबार १८:५६

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ


बारा, ८ भदौ । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुर टोल बस्ने ५३ वर्षीय मोतिलाल प्रसादको घरमा जुवातास खेलिरहेको अवस्थामा मोतिलाल समेत १३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७१ हजार ८ सय २० रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।