जनता टाइम्स

९ भाद्र २०८१, आईतवार १५:११

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु


काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई यस बैठकले पूर्णता दिने बताइएको छ बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा शुरु भएको हो ।

पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी तोकिनेछ ।

पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ । बैठकबाट क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने, युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने तयारी गरिएको छ ।