जनता टाइम्स

११ भाद्र २०८१, मंगलवार १९:१५

मोदी र पुटिनबीच कुराकानी


काठमाडौं, ११ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्नुभएको छ । दुवै नेताले रुस र युक्रेनबीच जारी युद्धका बारेमा कुराकानी गरेको भारतीय मिडियाले उल्लेख गर्नुभएको छ ।

मोदीले पुटिनसँग कुराकानी गरेको जानकारी दिँदै लेख्नुभएको छ,‘राष्ट्रपति पुटिनसँग आज कुराकानी भयो । हामीले रूससँग विशेष र विशेषाधिकार प्राप्त साझेदारीलाई सुदृढ गर्ने उपायहरूबारे छलफल गर्यौं । हामी दुबैले रुस(युक्रेन द्वन्द्वमा हाम्रो विचार आदानप्रदान गर्यौं र युक्रेनको भ्रमण पछि हाम्रो अन्तर्दृष्टिको बारेमा छलफल गर्यौं । हामीले राष्ट्रपति पुटिनलाई भन्यौं कि भारत यो द्वन्द्व अन्त्य गर्नको लागि चाँडो, दिगो र शान्तिपूर्ण समाधान खोज्न पूर्ण रूपमा प्रतिबद्ध छ ।’

प्रधानमन्त्री मोदीले सोमबार मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि फोनमा कुरा गर्नुभएको थियो । मोदीले अमेरिकी राष्ट्रपति बाइडेनसँग युक्रेनको वर्तमान अवस्थाको विषयमा कुरा गरेको बताउनुभएको थियो । हालै मात्र मोदीले युक्रेनको भ्रमण गर्नुभएको थियो ।