जनता टाइम्स

१२ भाद्र २०८१, बुधबार १८:११

प्रधानमन्त्री ओली र देउवाविरुद्ध उत्श्रृखंल नाराबाजी गर्ने थप एक व्यक्ति पक्राउ


काठमाडौं, १२ भदौ। प्रधामन्त्री केपी शर्मा ओली र नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । बुधबार कन्चनपुरका दीपक सिंह ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिनुभयो । ठगुन्ना पक्राउ परेसँगै पक्राउ गर्नेको संख्या तीन पुगेको छ ।

यसअघि मंगलबार साँझ सुर्खेतका बुसद्धराम जैसी र अछामका रामबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक शान्ति हितविरुद्धको कसुरका अनुसन्धान अघि बढाइएको एसपी अधिकारीले बताउनुभयो । गत सोमबार टुडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा अथिति बनेर पुगेका ओली र देउवाविरुद्ध केही युवाहरुले नाराबाजी गरेका थिए ।