जनता टाइम्स

२४ भाद्र २०८१, सोमबार १९:३४

ईन्द्रजात्राको अक्षयकोष १५ करोड बनाउन पहल गर्छुं : मन्त्री पाण्डे


काठमाडौं, २४ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ईन्द्र जात्रा अन्तराष्ट्रिय रूपमा स्थापित भईसकेको बताउनुभएको छ । आज ईन्द्र जात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।

त्यसैगरी मन्त्री पाण्डेले ईन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाउनुभएको छ ।

सो अवसरमा ईन्द्र जात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीनवटै तहका सरकारसँग समन्वय गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । जात्राको अवसरमा विगतमा देखिएका कमीकमजोरीहरू सच्याएर भव्य, सभ्य रूपमा सफल पार्नका लागि आव्हान गर्नुभयो । ईन्द्र जात्रा आगामी असोज एक गते मनाईने भएको छ ।