जनता टाइम्स

२७ भाद्र २०८१, बिहीबार १३:२४

संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव


काठमाडौं, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक निकायमा रिक्त रहेका पद छिटो सिफारिस गर्न सुझाव दिनुभएको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले रिक्त पदमा छिटो सिफारिस गर्न सुझाव दिएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्डले शुक्रबार बस्ने संवैधानिक निकायको बैठकबाट सम्भव भएसम्म सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । शिर्ष नेताहरुको भेटवार्तामा अन्य विषयमा छलफल नभएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।