जनता टाइम्स

३१ भाद्र २०८१, सोमबार १३:१३

माओवादीको संसद अवरोधपछि संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुँदै


काठमाडौं, ३१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको बैठक अवरोध नगर्ने भएपछि प्रधानमन्त्री ओलीले बोल्न लाग्नुभएको हो । आज बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादी केन्द्रले बैठक अवरोध नगर्ने बताएको हो ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफुहरु ‘हिंसा’ शब्द हटाउनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले विदेश जाने विषयमा संसदमा सम्बोधन गर्न बाधा नगर्ने बताउनुभयो । उहाँले आफुहरु सभामुखको विरोधमा नरहेको बताउँदै आफ्ना कुरा राखेर संसद अवरोध नगर्ने स्पष्ट गर्नुभएको हो ।