जनता टाइम्स

२ आश्विन २०८१, बुधबार १६:१९

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


प्युठान, २ असोज । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान नगरपालिका–७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगीलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेघराजले ती किशोरीलाई सोही ठाउँस्थित गौरा जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।