जनता टाइम्स

१२ आश्विन २०८१, शनिबार ०८:२०

पहिरोले घर पुरिँदा पूर्ववडाध्यक्षका दम्पतीको मृत्यु


सिन्धुपाल्चोक, १२ असोज । अविरल वर्षापछि आएको पहिरोले पुरिएर सिन्धुपाल्चोकको लिसंखु पाखरमा दुई जनाको मृत्यु भएको छ ।

गएराति आएको पहिरोले पुरीएर लिसंखु पाखर –३ का पुर्व वडाध्यक्ष समेत रहेका काजीबहादुर लामा र उनको श्रीमतीको मृत्यु भएको लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले जानकारी दिनुभयो । पुरानो घरमा सुतिरहेको बेला राति १ बजे तिर आएको पहिरोले दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिए । पहिरो गएको थाहा पाएपछि राती नै स्थानीय उद्धारमा गएका थिए ।