जनता टाइम्स

१२ आश्विन २०८१, शनिबार ११:४३

प्राकृतिक प्रकोपबारे छलफल गर्न गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक


काठमाडौं, १२ असोज । गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायतका विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बोलाउनुभएको छ । केन्द्रिय सुरक्षा समितको बैठक आज बिहान १०ः३० बजे सिंहदरवारस्थित गृहमन्त्रालयमा बसेको हो ।

साथै गृहमन्त्री लेखकले मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा, बाढी, पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन आग्रह समेत गर्नुभएको छ ।